Logo
Logo

 विपत्तिमा कोही एक्लो नहोस् : प्रचण्ड


0
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गम्भीर प्राकृतिक विपत्तिमा परेको बेला राजनीतिक मतभेद र पूर्वाग्रह त्यागेर सबै शक्ति एकताबद्ध हुनुपर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको आह्वानमा आयोजित सर्वदलीय बैठकमा बोल्दै उनले सङ्कटको घडीमा कसैलाई एक्लो महसुस नहुने गरी सबै दल खोजी, उद्धार र राहतमा जुट्नुपर्ने जोड दिए ।

The current image has no alternative text. The file name is: prachand.jpg

प्रचण्डले भने, ‘अहिले देश गम्भीर विपत्तिसँग जुधिरहेको छ। यस्तो अवस्थामा राजनीतिक बहसको समय होइन। सबै शक्ति एक ठाउँमा उभिएर जनताको जीवन रक्षामा लाग्नुपर्छ।’ पछिल्ला विपत्तिहरू जलवायु परिवर्तन र हिमाली जोखिमको उपज भएको उल्लेख गर्दै उनले दीर्घकालीन रणनीति, वैज्ञानिक अध्ययन र नीतिगत व्यवस्था आवश्यक रहेको बताए । 

छिमेकी मुलुकसँग पूर्वसूचना संयन्त्र प्रभावकारी बनाउन र अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको मुद्दा उठाउन जोड दिए । विगतका बाढी, पहिरो र भूकम्पमा देखाइएको एकता स्मरण गर्दै उनले आफ्नो पार्टी सरकारसँगै उद्धार-राहतमा रहने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्