काठमाडौं । त्रिशूली-३ ‘ए’ को सुरुङ खुलाउन विस्फोटक पदार्थको प्रयोग गरिएको छ । जलविद्युत् आयोजनाको माथिपट्टि रहेको ढुङ्गा तथा चटान फुटाउन उद्धारमा खटिएको टोलीले विस्फोटक पदार्थ प्रयोग गरेको हो ।

भित्र फसेका मानिसको सुरक्षालाई ख्यालमा राख्दै विस्फोटक पदार्थ प्रयोग गरिएको हो । सुरुङको मुख खोतल्न र खोजी कार्यलाई द्रुत गति दिन शुक्रवार रातिदेखि नै नेपाली सेनाका ६२, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका २० गरी ८२ जनाको संयुक्त टोली खटिएको छ ।
उद्धार सहायताका लागि आएको भारतीय टोली पनि हाल सोही क्षेत्रमा खटिएको छ । माथिल्लो त्रिशूली–३ ‘ए’ मा भोटेकोसी बाढीमा परेर ४२ जना सम्पर्कविहीन छन् ।















