Logo
Logo

सुनकोशी नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो, उच्च सतर्कता अपनाउन आग्रह


315
Shares

सिन्धुली । सिन्धुलीको खुर्कोटस्थित सुनकोशी नदीमा पानीको बहाव बढेर सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ७:०२ बजेको मापनमा जल सतहले सतर्कताको सीमा नाघेको हो ।

The current image has no alternative text. The file name is: sunkoshi.jpg

अविरल वर्षाका कारण नदीको जलसतह बढ्ने क्रम जारी रहेकाले महाशाखाले विशेष बुलेटिन जारी गर्दै नदी तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

पछिल्लो तथ्याङ्कअनुसार आज बिहान ६:५० बजे खुर्कोट जलमापन केन्द्रमा नदीको सतह ७.६९ मिटर पुगेको छ।उक्त केन्द्रमा ७.५ मिटरलाई सतर्कता तह मानिन्छ भने ८.६ मिटरलाई खतराको तह मानिन्छ । 

सुनकोशी नदीमा जल सतहले सतर्कता तह पार गरेसँगै सिन्धुली र रामेछापका नदी तटीय होचा भागहरूमा डुबान र कटानको जोखिम बढेको छ । महाशाखाले नदीको बहाव अझै बढ्न सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रका नागरिकहरूलाई सुरक्षित स्थानमा रहन र आवश्यक पूर्वतयारी अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्