Logo
Logo

सरकारलाई सिकाउने सहसचिव कोशहरि निरौलालाई शव व्यवस्थापनको जिम्मा


0
Shares

काठमाडौँ । सरकारले भोटेकोशी बाढीमा परी मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापनको जिम्मेवारी सहसचिव कोशहरि निरौलालाई दिएको छ । निरौला हाल कोशी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव छन् ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सहसचिव निरौलालाई तत्कालैदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालय रसुवालाई सम्पर्क कार्यालयका रुपमा प्रयोग गर्ने गरी रसुवाको टिमुरे क्षेत्रमा केन्द्रित भई काम गर्न काजमा खटाएको हो ।

उनलाई बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी तोकिएको छ । निरौलाले हिजो मात्रै फेसबुकमा कोभिडकालमा मोरङको प्रमुख जिल्ला अधिकारी रहँदाको अनुभव सुनाउँदै शव व्यवस्थापनबारे आफ्नो धारणा राखेका थिए।

उनले फेसबुकमार्फत उक्त धारणा सार्वजनिक गरेको भोलिपल्ट मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी बाढी प्रभावित क्षेत्रमा अनुभवी कर्मचारी परिचालन गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनलाई रसुवाको टिमुरे क्षेत्रमा काजमा खटाएको हो ।

प्रतिक्रिया दिनुहोस्