काठमडौं । स्पेनिस क्लबद्वय रियाल मड्रिड र मलागाले नेपालका लागि प्रार्थना गर्दै विनाशकारी बाढीबाट प्रभावित तथा मृतकप्रति श्रद्धाञ्जलीस्वरूप एक मिनेट मौनधारण गरेका छन् ।

क्लबका खेलाडी, प्रशिक्षक तथा कर्मचारीहरूले गएराति रियालको घरेलु मैदान स्यान्टियागो बर्नाबेयमामा भएको खेलअघि नेपालका लागि प्रार्थना गरेका हुन् ।
उक्त खेलमा रियाल मड्रिडले ४-० को एकतर्फी जित निकालेको थियो । रियालका लागि जुड बेलिङघम, किलियन एमबाप्पे र अर्दा गुलरदले एक-एक गोल गर्दा एक गोल आत्मघाती भएको थियो ।
यसअघि स्पेनिस ला लिगा अन्तर्गगतकै बार्सिलोनाल एथलेटिक क्लबबीच खेलअघि पनि मौनधारण गरिएको थियो । यसैगरी, अर्को क्लब एट्लेटिको मड्रिडले पनि ऐक्यबद्धता जनाउँदै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको थियो ।














