काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी मेन्स प्रिमियर कपमा विजयी सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गर्दै पहिलो जित निकालेको हो ।

बहराइनले दिएको ८८ रनको लक्ष्य नेपाली टोलीले २१ ओभरमा ३ विकेटको क्षतिमा पुरा गरेको हो ।
नेपालका लागि ओपनर अर्जुन कुमाल ३६ रनमा नटआउट रहे। उनले ५८ बलमा ५ चौका प्रहार गरे । रोहित पौडेल १९ रनमा अविजित रहे। उनले १४ बलमा १ चौका र १ छक्का प्रहार गरे ।














