
काठमाडौं, ६ पुस । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा ८ वटा रिट पेश भएका छन् । सर्वोच्चमा आइतबार ३ वटा र सोमबार दिउँसोसम्म थप ५ वटा रिट गरी ८ वटा पेश भएको हो । आइतबार संसद विघटनविरुद्ध अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, सुलभ खरेल र लोकेन्द्रबहादुर ओलीले रिट पेश गरेका थिए । रिट निवेदन पर्नेक्रम जारी रहेको जनाइएको छ ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि यसका विरुद्धमा अदालतमा यति ठूलो संख्यामा रिट परेको हो । संविधानमै उल्लेख नभएको अधिकार प्रयोग गरी प्रधानमन्त्रीले संसद विघटन गरेको भन्दै संविधानविद्हरुले ‘असंवैधानिक’ कदम भएको बताएका छन् ।














