काठमाडौं । माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङभित्र फसेका मानिसहरू सकुशल रहेका उद्धार गरिएका सञ्जय साहले बताएका छन् ।

केहीबेरअघि मात्रै उद्धार कर्ताले १० दिनपछि साहसहित कविर महर्जनको सकुशल उद्धार गरेका थिए। उद्धारपछि बाहिर निकालिएका साहले सुरुङभित्र फसेका सबै मानिस सकुशल रहेको जानकारी दिएका हुन्।
सञ्जय शाह मेकानिकल फोरम्यान र कविर महर्जन मेकानिकल सुपरभाइजर हुन् । शाह र महर्जनलाई उपचारका निम्ति हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी हुँदै छ ।














