Logo
Logo

पाल ‘ए’ द्वारा न्यूजिल्यान्ड ‘ए’ लाई जितको लागि २१२ रनको लक्ष्य


315
Shares

काठमाडौं । अष्ट्रेलियामा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले अन्तिम अभ्यास खेलमा न्यूजिल्यान्ड ‘ए’ लाई  २१२ रनको लक्ष्य दिएको छ । 

The current image has no alternative text. The file name is: nepal-a.jpg

डार्विनको मरारामा भइरहेको खेलमा टस जितेर ब्याटिङ गरेको नेपाल ‘ए’ अन्तिम बलमा  २११ रनमा अलआउट भएको हो  । अबको केहीबेरमा न्यूजिल्यान्ड ‘ए’ २१२ रनको मध्यम लक्ष्य सहित जबाफी ब्याटिङको लागि मैदानमा उत्रिनेछ ।

नेपालका लागि पवन सर्राफले सर्वाधिक ६१ रन जोडे । उनले ९२ बलमा ६ चौका प्रहार गरे । यस्तै, लोकेश बमले  ६४ बलमा ४ छक्का र १ चौकाको मद्दतमा ४७ रन प्रहार गरे । त्यस्तै, कप्तान अनिल कुमार शाहले २४ तथा मंयक यादवले २० रन प्रहार गरेका थिए ।

न्यूजिल्याण्डका लागि म्याथु फिसरले ४ तथा आदित्य अशोकले र क्रिष्टियन क्लार्कले समान २/२ विकेट हात पारे ।  नेपालले राम्रो सुरूवात गरे पनि मध्यक्रममा इनिङ्स सम्हालिन नसक्दा नेपाल सस्तै रनमा समेटियो । नेपाल अन्तिम खेलमा न्युजिल्यान्ड ‘ए’ लाई हराएर अष्ट्रेलिया भ्रमणको सुखद अन्त्य गर्न चाहन्छ । नेपालले जारी एकदिवसीय शृङ्खलाको अघिल्लो दुई खेलमा लगातार हार व्यहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस्