Logo
Logo

ओलीमाथि नैतिक संकटः प्रचण्ड–नेपाल पक्षको बैठकमा दुई तिहाई केन्द्रीय सदस्य


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ पुस ।
नेकपाको प्रचण्ड–माधव नेपाल पक्षको केन्द्रीय समितिको बैठकमा दुई तिहाई केन्द्रीय सदस्य उपस्थित भएका छन् । हाल ४ सय ४१ जना केन्द्रीय सदस्य रहेकामा सो बैठकमा तीन सय भन्दा धेरै उपस्थित भएका छन् ।


यसले ओली पक्ष नैतिक संकटमा परेको छ । एक तिहाई पनि केन्द्रीय सदस्य उपस्थित नभएको बैठकबाट ओलीले बिधान संशोधनदेखि केन्द्रीय समिति बिस्तार गरेर ११९९ बनाउने निर्णय गरेका थिए ।
बबरमहलमा सुरु भएको प्रचण्ड–नेपाल पक्षको बैठकमा नौ वटा एजेन्टा पेश गरिएका छन् । जसमा माधव नेपाललाई पार्टीको अध्यक्ष बनाउन लागिएको छ ।
बैठकमा बोल्दै नेता नेपालले ओली पक्षको बैठक गुटको भेला मात्र भएकाले त्यसको आधिकारीता नहुने बताए । ओलीले प्रचण्डलाई धेरै नै अपमानित गरेको उनको भनाई थियो ।

बैठकमा २ सय ९८ केन्द्रीय सदस्यले हस्ताक्षर नै गरेका छन् । ओली पक्षले कति केन्द्रीय सदस्य उपस्थित भएको भनेर खुलाएको छैन । ४० प्रतिशत पनि केन्द्रीय सदस्य उपस्थित नभएपछि ओली पक्षले त्यसबारे केही नबताएको हो ।

प्रतिक्रिया दिनुहोस्