Logo
Logo

एसीसी प्रिमियर कपमा आज नेपालको सामना हङकङ चाइनासँग


756
Shares

काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गत आज हङकङ चाइनासँग खेल्दै छ । नेपाली समय अनुसार बिहान ७:१५ बजेदेखि सुरु हुने यो खेल मलेसियाको क्वालालम्पुरस्थित क्रिकेट मैदानमा हुँदैछ ।

The current image has no alternative text. The file name is: image-22.png

नेपालले यसअघि खेलेका तिनै खेलमा बहराइन, मलेसिया र साउदी अरेबियालाई पराजित गरेर सेमिफाइनलमा पुगिसकेको छ । त्यस्तै हङकङ चाइनाले भने यस अघि खेलेका ३ खेलमा २ जित र एक हार बेहोरेको छ । हङकङ चाइनाले साउदी अरेबिया र मलेसियालाई पराजित गरेको थियो भने बहराइनसँग पराजित भएको थियो । हङकङ चाइनाका लागि सेमिफाइनलमा पुग्न यो खेल जित्नैपर्ने अवस्था रहेको छ  । 

नेपाल क्रिकेट संघ (क्यान) ले यस प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टिम पठाएको छ । नेपाली टिममा सन्दीप लामिछाने (कप्तान), असिफ सेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजबंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्