Logo
Logo

एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपालले ओमानको सामना गर्दै


252
Shares

काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज ओमानसँग खेल्ने भएको छ । नेपाली समय अनुसार बिहान ७:१५ बजेदेखि शुरु हुने यो खेल मलेसियाको क्वालालम्पुरस्थित क्रिकेट मैदानमा हुँदै छ ।

The current image has no alternative text. The file name is: sandeep-lamichane.jpg

समूह चरणका खेल सकिएसँगै नेपाल समूह ए को विजेता हुँदै सेमिफाइनलमा पुगेको हो । नेपाल अन्तिम खेलमा हङकङ चाइनासँग पराजित भएको थियो भने त्यसअघि बहराइन मलेसिया र साउदी अरेबियालाई पराजित गरेको थियो । त्यस्तै समूह ए बाट हङकङ चाइना उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ ।

त्यसैगरी समूह बी बाट युएई समूह विजेता हुँदै सेमिफाइनलमा पुगेको छ भने ओमान उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ ।

अब नेपालले सेमिफाइनलमा ओमानसँग खेल्ने छ भने हङकङ चाइनाले युएईसँग खेल्ने छ । सेमिफाइनलका खेल विहिबार हुने छन् । एसीसी प्रिमियर कपको फाइनल खेल आगामी शनिबार हुदैछ ।

प्रतिक्रिया दिनुहोस्