काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानलाई १४८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा अल आउट हुँदै १४७ रन बनाएको हो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ५१ रन बनाए भने बसिर अहमदले ४७ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले भने योगदान दिन नसक्दा नेपालले ओमानलाई कमजोर लक्ष्य दिएको छ ।
त्यस्तै ओमानका बलर जय विराम ओडेदारा र हसनैन शाहले ३९३ तथा मुहमद इमरानले २ विकेट लिएका थिए ।















