काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानलाई ८७ रनले पराजित गर्दै नेपाल फाइनलमा पुगेको छ । नेपालले दिएको १४८ रनको लक्ष्य पछाएको ओमानले २८.१ ओभरमा अलआउट हुँदै ६० रन मात्र बनाएको हो ।

नेपालका लागि कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले ३/३ विकेट लिए भने ललित राजबंशी र रोहित पौडेलले २/२ विकेट लिएका थिए । त्यस्तै ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक २५ रन बनाए भने जितेन रमानान्दीले १२ रन बनाए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा अल आउट हुँदै १४७ रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ५१ रन बनाए भने बसिर अहमदले ४७ रन बनाएका थिए । त्यस्तै ओमानका बलर जय विराम ओडेदारा र हसनैन शाहले ३/३ तथा मुहमद इमरानले २ विकेट लिएका थिए ।
यो जितपछि अब नेपालले शनिवार हुने फाइनलमा युएईको सामना गर्ने छ । यो प्रतियोगिता जित्ने टिम आगामी एशिया कप खेल्ने छ ।















