Logo
Logo

ओली समूहको नेकपाका नयाँ केन्द्रीय सदस्यहरुलाई प्रशिक्षण दिइँदै


- दृष्टि न्युज/संवाददाता

189
Shares

 

काठमाडौं, ८ पुस । ओली समूहको नेकपाले थपेका केन्द्रीय सदस्यहरुलाई प्रशिक्षण दिइने भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली समूहले बुधबार सातै प्रदेशबाट ५ सय ५६ जना नयाँ केन्द्रीय सदस्य थपेको हो । उनीहरुलाई छुट्टाछुट्टै प्रशिक्षण दिन लागेको हो ।
नयाँ केन्द्रीय सदस्यहरुलाई प्रशिक्षणका लागि प्रशिक्षकहरुसमेत तोकिएको तोकिएको छ । जसअनुसार सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डेले नयाँ सदस्यहरुलाई प्रशिक्षण दिने भएका छन् ।
यस्तै कर्णाली प्रदेशमा शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य, लुम्बिनी प्रदेशमा विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटाले प्रशिक्षण दिने बताइएको छ ।
यस्तै, गण्डकी प्रदेशका नयाँ केन्द्रीय सदस्यहरुलाई टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेल, बागमती प्रदेशमा ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल र प्रदेश २ मा ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतोले प्रशिक्षण दिँदैछन् ।
यस्तै, प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्बाहाम्फेले उनीहरुलाई प्रशिक्षण दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्