
काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन कार्यदलको बैठक जारी छ । पार्टी मुख्यालय च्यासलमा अहिले बैठक बसिरहेको हो ।
बैठकमा कार्यदलका संयोजक रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनमाथि छलफल हुने छ । महासचिव पोखरेलले तयार पारेको प्रतिवेदनमाथि ओलीले असन्तुष्टि जनाउँदै बादललाई पुनर्लेखन गर्न निर्देशन दिएका थिए ।
सबै प्रदेशबाट प्राप्त सुझावलाई समेटेर यसअघि महासचिव पोखरेलले तयार गरेको प्रतिवेदन ओलीले आफू अनुकूलको प्रतिवेदन नआएपछि पुनः त्यसलाई सच्याउन भन्दै बादललाई नेता प्रदीप ज्ञवालीले सहयोग गर्ने गरी जिम्मा दिएका थिए ।
शंकरले ल्याएको ६५ पेजको प्रतिवेदन सम्पादन गरेर बिहीबार बादलले ३९ पृष्ठको प्रतिवेदन तयार गरेको सार्वजनिक भएको छ । आजको कार्यदल बैठकमा दुवै प्रतिवेदन पेश हुने र त्यसमाथि छलफल हुने जनाइएको छ ।















