Logo
Logo

सन्दीप बने एसीसी प्रिमियर कपको उत्कृष्ट खेलाडी


0
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने एसीसी प्रिमियर कपको प्लेयर अफ द सिरिज बनेका छन् ।

The current image has no alternative text. The file name is: sandeep.jpg

सन्दीपले प्रतियोगिताका ६ खेलमा सबैभन्दा बढी १७ विकेट लिएका थिए । नेपाललाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका सन्दीप प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका हुन् । सन्दीपले बहराइन विरुद्ध ५ विकेट लिएका थिए भने, मलेसियाविरुद्ध १, साउदी अरेबियाविरुद्ध ३,  हङकङ चाइनाविरुद्ध ४, ओमानविरुद्ध ३ तथा फाइनलमा युएईविरुद्ध १ विकेट लिएका थिए ।

त्यस्तै फाइनलमा शतकीय पारी खेलेर नेपालको जितको आधार बनाएका ओपनर आसिफ सेख फाइनल खेलको प्लेयर अफ द म्याच बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्