Logo
Logo

प्रधानसेनापति सिग्देल चीन प्रस्थान


441
Shares

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन् । २८ भदौदेखि ३ असोजसम्मका लागि सिग्देल चीन भ्रमणमा गएका हुन् । 

The current image has no alternative text. The file name is: ashok.jpg

भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले बेइजिङमा आयोजना हुने १३औँ बेइजिङ स्याङसन फोरममा सहभागी हुने बताइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जङ्ग केसीले उनलाई बिदाइ गरेका हुन् । भ्रमणले दुई देशको सैनिक सम्बन्ध बिस्तार हुने र सैनिक कुटनीतिकमार्फत नेपालको परराष्ट्र नीतिलाई समेत योगदान पुग्ने बताइएको छ । उनी भ्रमणमा रहेको बेला बलाधिकृत रथीले केसीले कामु प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्