Logo
Logo

संसद विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमा, सुनुवाइ शुक्रबार हुने


- दृष्टि न्युज/संवाददाता

252
Shares

काठमाडौं, ८ पुस । संसद विघटनसम्बन्धी सर्वोच्च अदालतमा परेका १२ रिटकोे सुनुवाई संवैधानिक इजलासबाट हुने भएको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले प्रारम्भिक सुनुवाई गर्दै यो मुद्दा संवैधानिक इजलासबाट टुंगो लगाउने आदेश दिएको हो । राणाको इजलासले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ ।
बुधबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, टीकाराम भट्टराई गोविन्द वन्दी, कृष्ण भण्डारी कञ्चनकृष्ण न्यौपाने लगायतले बहस गरेका थिए । उनीहरुको बहसपछि प्रधानन्यायाधीश राणाले पठाउने संविधानसँग जोडिएको विषय र वैधानिक प्रश्न उठको भन्दै संवैधानिक इजलासमा पठाउने आदेश दिएका हुन् । संवैधानिक इजलास शुक्रबार बस्ने र सोही दिन सुनुवाइ हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्