Logo
Logo

शेरबहादुर र उषाकला प्रचण्ड–नेपालको क्याम्पमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ पुस ।
पूर्वमन्त्री शेरबहादुर तामाङ र उनको पत्नीसमेत रहेकी प्रदेश १ सांसद तथा नेकपा नेतृ उषाकला राईले नेकपाको प्रचण्ड–माधव नेपाल क्याम्पलाई साथ दिने निर्णय गरेका छन् । दुवै जना सो पक्षले बोलाएको आजको बैठकमा सहभागी हुनेछन् ।


राईलाई ओली पक्षले केन्द्रीय सदस्य पदमा मनोनीत गरेको थियो । उनले केन्द्रीय सदस्य पद अस्वीकार गरेकि छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सम्मानपूर्वक दिनुभएको केन्द्रीय सदस्य पदको जिम्मेवारी सम्हाल्न नसक्ने बताएकी छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राइले जनता भन्दा ठूलो पद र पैसा नभएको भन्दै आफूले पद अस्वीकार गरेको बताएकि छन् । उनले लेखेकि छन् ‘यो कम्युनिष्ट आन्दोलनमा म लागेको पनि चार दशक भएको छ । तर, पद र पैसा केहि होइन । जनताको पैसा खाइन्न बरु भोकै मर्न तयार हुनुपर्छ भन्ने हाम्रो मान्यता छ ।’

भ्रष्टचारको अन्त्य गरी समृद्धिका मुद्दाहरुलाई अगाडि बढाइरहेको बेला ति सबै कुरा अलपत्र पार्ने काममा आफू नलाग्ने बताएकि छन्।
ओलीले दिएको केन्द्रीय सदस्य पद अस्वीकार गर्नेहरु बढीरहेका छन् । एकलौटी रुपमा ओलीले ५ सय ५६ जना केन्द्रीय सदस्य थपेका थिए ।

प्रतिक्रिया दिनुहोस्