Logo
Logo

नेपाल र बंगलादेशबीच तीन म्याचको टी-२० सिरिज घोषणा


0
Shares

काठमाडौँ । नेपाल र बंगलादेशबीच तीन खेलको एतिहासिक अन्तर्राष्ट्रिय टी–२० सिरिज आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बिसिबी)को संयुक्त पहलमा यो सिरिज हुन लागेको क्याच सचिव पारस खड्काले बताएका छन् ।

खड्काद्वारा जारी विज्ञप्तिअनुसार २६ मार्च २०२७ मा पहिलो म्याच हुनेछ । २८ मार्चमा दोस्रो र ३० मार्चमा तेस्रो म्याच हुने विज्ञप्तिमा उल्लेख छ । नेपालले बंगलादेशसँग पहिलोपटक सिरिज खेल्न लागेको हो ।

उक्त सिरिज हालै नेपालमा आएको विनाशकारी बाढी विपद्मा ज्यान गुमाउनेहरूको स्मृतिमा समर्पित गरिने भएको छ । यो संयुक्त पहल केवल खेलमा मात्र सीमित नभई नेपाली क्रिकेटको समग्र विकासमा दीर्घकालीन सहकार्यका रूपमा अघि बढाइने विज्ञप्तिमा उल्लेख छ ।

सहकार्यअन्तर्गत बंगलादेश क्रिकेट बोर्डले नेपालको महिला क्रिकेट तथा उमेर समूहको क्रिकेट विकास र क्षमता अभिवृद्धि कार्यक्रमहरूमा सहयोग गर्नेछ ।

यसका साथै भविष्यमा नेपाल ‘ए’ टोलीको भ्रमण तथा द्विपक्षीय ‘ए’ टोलीका खेलहरूलाई प्रोत्साहन गर्दै खेलाडीको अनुभव र नेपाली क्रिकेटको दीर्घकालीन विकासमा सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्