Logo
Logo

ओलीले तोके आठ नेताको जिम्मेवारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ पुस ।
नेकपाको केपी ओली समूहले सातै प्रदेशमा संयोजक तोकेको छन् । बालुवाटारमा बसेको समूहको बैठकले संयोजक तोकेको हो ।


सुदूरपश्चिममा लेखराज भट्ट, कर्णालीमा मणि थापा, लुम्बिनीमा शंकर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, वागमतीमा ईश्वर पोखरेल, प्रदेश नम्बर दुईमा सत्यनारायण मण्डल र प्रदेश एकमा सुवास नेम्वाङलाई संयोजक तोकिएको छ । जनवर्गीय संगठनको समन्वयमा टोपबहादुर रायमाझीलाई चयन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्