Logo
Logo

हजारौँ पटक जातीय दुर्व्यवहार सामना गरेको छुः यामाल


0
Shares

काठमाडौं । बार्सिलोनाका फरवार्ड लामिन यामालले आफूले कयौँपटक जातीय दुर्व्यवहारको सामना गरेको बताएका छन् ।

धेरै मानिसलाई आफ्ना व्यवहारले दुर्व्यवहार भएको पत्तै नहुने जस्तो देखिएको उनको भनाइ छ । १९ वर्षीय उदीयमान स्टार फुटबलर यामालले आफूले हजारौँ पटक जातीय दुर्व्यवहारको सामना गरेको बताएका हुन् ।

अक्टोबर २०२४ मा सेन्टियागो बर्नाबेउमा रियल मड्रिडविरुद्धको खेलका क्रममा तीन खेलाडीमाथि जातीय दुर्व्यवहार भएको थियो । यामाल, राफिन्हा र अन्स फाटी त्यसको सिकार भएका थिए । जातीय दुर्व्यवहारका घटना निगरानी गर्ने स्पेनिस संस्थाले सन् २०२५ को अन्तिम त्रैमासिकसम्म स्पेनमा यामाल र भिनिसियस जुनियरले धेरै अनलाइन दुर्व्यवहार भोगेका थिए ।

स्पेनिस टेलिभिजन मोभिस्टारका लागि पूर्व अर्जेन्टिनी खेलाडी जोर्गे भल्दानोसँगको कुराकानीमा प्रत्यक्ष जातिवाद भोगेको छ कि छैन भन्ने प्रश्न सोधिएको थियो । जसमा उनले भने, “हजारौँ पटक। यदि म मैदानमा खेलिरहेको छु र मानिसहरू मलाई नै हेर्न टिकट काटेर आएका हुन् भने, उनीहरूले मेरो अनादर गरे भन्दैमा म रिसले चुर हुनेवाला छैन।”

कसैले आफूलाई कालो भन्दैमा आफूले त्यसलाई दुर्व्यवहार नभन्ने उनले बताएका छन् । “कसैले मलाई ‘कालो’ भन्यो भन्दैमा मलाई केही फरक पर्दैन, किनभने म वास्तवमै कालो नै छु तर मुख्य कुरा उनीहरूले कुन नियतले भनेका हुन् र मलाई हेप्न खोजेका हुन् कि होइनन् भन्ने हो,” उनले भने ।

हालैका वर्षहरूमा स्पेनिस फुटबलमा यस्ता घटनाहरू बढेसँगै ला लिगाले रंगशालाभित्र हुने जातीय दुर्व्यवहार रोक्न कडाइ गर्न थालेको छ।

प्रतिक्रिया दिनुहोस्