Logo
Logo

एशियाली खेलकुद खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ


0
Shares

काठमाडौं । एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ गरिएको छ ।राष्ट्रिय खेलकुद परिषद्ले एशियाली खेलकुदमा खेल्न जाने नेपाली क्रिकेट टिमको शनिवार बिदाइ गरेको हो ।

The current image has no alternative text. The file name is: can.jpg

क्रिकेटका सबै खेलहरू जापानको नागोयास्थित पालोमा मिजुहो रङ्गशालामा सञ्चालन हुने र सबै खेल टी-२० ढाँचामा हुनेछन् । पुरुष क्रिकेटमा नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँग परेको छ । समूह चरणका खेल सेप्टेम्बर २४ देखि २६ सम्म सञ्चालन हुनेछन् । नेपालले सेप्टेम्बर २५ मा अफगानिस्तानसँग र सेप्टेम्बर २६ मा जापानसँग खेल्ने तालिका छ । समूह ‘ए’ मा नेपालसहित अफगानिस्तान र जापान छन् । समूह ‘बी’ मा हङकङ चीन, मलेसिया र ओमान रहेका छन्  ।

समूह चरणपछि क्वार्टरफाइनल सेप्टेम्बर २८ र २९ मा हुनेछन् । पाकिस्तान, भारत, श्रीलङ्का र बङ्गलादेशले क्वार्टरफाइनलबाट प्रतियोगिता सुरु गर्नेछन् । सेमिफाइनल अक्टोबर १ तथा कांस्य पदकको खेल र फाइनल अक्टोबर ३ मा हुने तालिका छ ।

प्रतियोगिताका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टिम चयन गरिएको हो । टिममा दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी, शेर मल्ल, सन्दीप जोरा, कुशल मल्ल र लोकेश बम रहेका छन् ।

सन् २०२३ मा चीनमा भएको एसियाली खेलकुदमा पुरुष क्रिकेटतर्फ भारतले स्वर्ण पदक जितेको थियो । पाकिस्तानलाई हराउँदै बङ्गलादेशले कांस्य पदक जितेको थियो । महिला क्रिकेटमा भारतले स्वर्ण, श्रीलङ्काले रजत र बङ्गलादेशले कांस्य पदक जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्