Logo
Logo

मोटरसाइकल चोरी गर्ने दुई पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, १० पुस । महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मोटरसाइकल चोरी गर्ने दुई जनालाई बिहीबार ललितपुर लगनखेलबाट पक्राउ गरेको छ ।

जिल्ला रामेछाप मन्थली नगरपालिका–१२ घर भएका २५ वर्षीय रामशरण मिजार र १९ वर्षीय सुवास मिजारलाई चोरी गरेको बा ८१ प ५२७५ कालो रङको पल्सर २२० सिसी मोटरसाइकलसहित पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

काठमाडौँ कपनबाट हराएको भनी अभिषेक ढकालले हुलियासहितको निवेदन २०७४ असोज ९ गते यस महाशाखामा दिएका थिए । उक्त निवेदनका आधारमा मोटरसाइकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त बौद्ध पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्