काठमाडौं । गत भदौ १० गते रसुवा भोटेकोशीमा आएको प्रलयकारी बाढीले एक हजार चारसय भन्दा बढीको ज्यान लियो । हजारौँ बेपत्ता भए । सयौँको संख्यामा घाइतेहरु उपचाररत छन् । बेपत्ताहरुको खोजीमा सरकार लागिरहेको छ । परिवारजन पनि लागिरहेका छन् ।

कतिपय बेपत्ता परिवारको त आ–आफ्नो धर्म, संस्कृति र रितिरिवाज अनुसार अन्त्यष्टि समेत गर्न सुरु थालिसकेका छन् । यस्तो दुःखद परिस्थितिमा विभिन्न जलविद्युत आयोजनामा काम गर्ने श्रमिक तथा कर्मचारीहरुको समयमै उद्धार हुन नसक्दा सुरुङभित्र मृत फेला पर्न थालेका छन् । बाढी आउनासाथ उनीहरुको उद्धार कार्यलाई तिव्रता दिएको भए कतिपयको ज्यान बच्न सक्ने थियो ।
बाढीको करिब एक महिना पुरा हुनै लाग्दा पीडित परिवारको आशामा तुषारापात लागेको छ । किनकी, कतिपय सुरुङबाट उद्धार गर्ने उद्धारकर्मीहरु प्रभावितस्थलबाट फर्किइ सकेका छन् । जलविद्युत आयोजनामा फसेका तीन जनालाई दश दिन पछि जिवितै उद्धार गर्नु र करिब दुई दर्जन शवहरु सुरुङबाट निकाल्नु बाहेक ठुलो सफलता सुरुङ उद्धारबाट हात पार्न सकेन ।
पीडित परिवारले सरकारकै ढिलासुस्तीका कारण सुरुङबाट कामदारहरुलाई जिवितै उद्धार गर्न नसकेको आरोप लगाइरहेका छन् । सरकारले सुरुङ उद्धारलाई पहिलो दिनदेखि नै प्राथमिकतामा नराख्दा सुरुङमा फसेका सयौँको ज्यान बचाउन नसकिएको कुरामा दुईमत छैन ।
बाढीपछि रसुवा र नुवाकोटका गरी १२ वटा जलविद्युत आयोजनाहरु प्रभावित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो तथ्यांक अनुसार जलविद्युत आयोजना सम्वद्ध श्रमिक तथा कर्मचारीहरु गरेर ८८८ जना अझै सम्पर्कबिहिन छन् । तिमध्ये सयौँ सुरुङ भित्र फसेको अनुमान छ भने, सयौँको संख्यामा आयोजनास्थलबाट बाढीले बगाएर लगेको अनुमान गरिएको छ । पछिल्लो तथ्याङ्क अनुसार विभिन्न जलविद्युत आयोजनाको सुरुङबाट ५१ जनाको शव निकालिएको छ ।
विश्वमा नै सुरुङ उद्धारको विज्ञता र प्रविधि नभएको कुरा प्रधानमन्त्री बालेन्द्र साह स्वंयले संसदमा बोले । नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीले सुरुङ उद्धारका लागि लागे पनि विज्ञताको अभाव रह्यो । बरु उद्धारको लागि डोजर चाहिएको भन्दै गृहमन्त्री सुधन गुरुङले फेसबुकबाट सुचना हाल्नुपर्ने लाचार स्थिति बनेको थियो । पाँचौ दिनमा भारत र चीनबाट आएका उद्धार टोलीसहित उद्धारको काम प्रारम्भ भएको थियो । त्यसैगरी दक्षिण कोरिया, यु.ए.ई, मलेसिया, अष्ट्रेलिया लगायतबाट सुरुङको उद्धार टोली आएर काम गरेका भएपनि आशातित सफलता हासिल हुन सकेन ।
माथिल्लो त्रिशुली १ बाट ४०, रसुवागढीबाट १, रसुवा भोटेकोशीबाट १, लाङटाङबाट १, चिलिमेबाट ७ र त्रिशुली थ्रि ए बाट १ जना सुरुङबाट निकालिएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार सुरुङ भित्रबाट जम्मा ३ जनालाई मात्रै सकुशल उद्धार गर्न सकियो । त्रिशुली थ्रि एबाट २ जना नेपाली र माथिल्लो त्रिशुलीबाट १ जना चिनियाँसहित ३ जनाको सकुशल उद्धार भएको हो ।
अझैपनि रसुवागढी विद्युत आयोजनाको सुरुङभित्र ९२ जना, रसुवा भोटेकोशीमा ३, लाङटाङमा ३६, चिलिमेमा १, माथिल्लो त्रिशुलीमा ५१६, त्रिशुली थ्रि ए मा ३० र त्रिशुली थ्रि बिमा १९१ जना फसेको विवरण प्राधिकरणसँग छ । बाढीको एक महिना पुग्न लागेका कारण उनीहरुलाई सुरुङभित्र जिवितै भेटिने सम्भावना टरेको छ ।
बाढीको दोस्रो दिन भदौ ११ गतेदेखि नै सुरक्षाकर्मीहरु उद्धारमा खटिएका हुन् । तर जलविद्युत आयोजनातर्फ सरकारको ध्यान नै जान सकेन । त्यतिबेला सरकारको प्राथमिकतामा जलविद्युत आयोजना नै परेन जस्तो छ । सुरुङमा फसेकाहरुको उद्धारका लागि सरकारले कुनै योजना नै बनाउन सकेन । बाढीले कुन परिणामको क्षति ल्याएको छ भन्ने अनुमान गर्न नसकेको सरकारले प्रारम्भमा खोजी, उद्धार तथा राहतमा राज्य संयन्त्र बाहेक कसैलाई परिचालन नगर्ने नीति लियो ।
अन्तत्ः सरकारले लिएको त्यहि नीति नै समग्र खोजी तथा उद्धारको कार्यमा प्रत्युत्पादक साबित भयो । पीडित परिवार र सरोकारवालाहरुको दबाबका कारण बाढीको पाँचौ दिन भदौ १४ पछि मात्रै सुरुङ उद्धारको काममा सरकार सक्रिय भएको थियो ।
विश्वमा नै सुरुङ उद्धारको विज्ञता र प्रविधि नभएको कुरा प्रधानमन्त्री बालेन्द्र साह स्वंयले संसदमा बोले । नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीले सुरुङ उद्धारका लागि लागे पनि विज्ञताको अभाव रह्यो । बरु उद्धारको लागि डोजर चाहिएको भन्दै गृहमन्त्री सुधन गुरुङले फेसबुकबाट सुचना हाल्नुपर्ने लाचार स्थिति बनेको थियो । पाँचौ दिनमा भारत र चीनबाट आएका उद्धार टोलीसहित उद्धारको काम प्रारम्भ भएको थियो । त्यसैगरी दक्षिण कोरिया, यु.ए.ई, मलेसिया, अष्ट्रेलिया लगायतबाट सुरुङको उद्धार टोली आएर काम गरेका भएपनि आशातित सफलता हासिल हुन सकेन ।
प्रधानमन्त्री बालेन्द्र साहले सुरुङमा फसेकाहरुलाई उद्धार गर्न तदारुकता देखाउनुको सट्टा सुरुङ उद्धारको प्रविधि विश्वभर नै नभएको भन्दै संसदबाट भाषण गरे । यसप्रकारको विपद् विश्वमै नभएको उनको जिकिर थियो । न उनले समयमै सम्बन्धित विषय विज्ञसँग छलफल गरे । न त परामर्श नै गरे । बरु विश्वमा कतै प्रविधि नभएको भन्दै सरकारको बचाउ गरे ।
त्यतिखेर आफ्नो मान्छे बचाउन पीडित परिवारले सरकारसँग याचना गरिरहेका थिए । समयमै उद्धार गर्न सकेको भए सुरुङमा फसेकाहरुको ज्यान बचाउन सकिने रहेछ भनेर ११ औँ दिनमा बेत्रावतिको घरबाट ६४ वर्षीया चण्डिका श्रेष्ठलाई सकुशल उद्धार गरिनु, त्रिशूली–३ ‘ए’ सुरुङबाट कबीर महर्जन र सञ्जय शाहलाई सकुशल उद्धार गरिनुले स्पष्ट पार्दछ । समयमै उद्धारको काम गर्न सकेको भए सुरुङबाट लास होइन सास नै निकाल्न सकिने रहेछ भन्ने देखाएको छ ।
प्रधानमन्त्री साहलाई पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले सुरुङ उद्धारको प्राविधिक पक्षहरुको बारेमा जानकारी गराउँदै समयमै उद्धार गर्न सकेमा धेरैका ज्यान जोगाउन सकिने बताएका थिए । सुरुमै घिसिङ लगायत जलविद्युतसँग सम्बन्धित व्यक्तिहरुसँग सहकार्य गरेको भए सुरुङ उद्धार छिटो हुने थियो ।













