Logo
Logo

एसियाली खेलकुद : अफगानिस्तानको विजयी सुरुवात, जापान ४८ रनले पराजित


441
Shares

काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको समूह ‘ए’ को पहिलो खेलमा अफगानिस्तानले आयोजक जापानलाई ४८ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

The current image has no alternative text. The file name is: cricket-3.jpg

निसिनस्थित कोरोगी खेलकुद पार्कमा भएको खेलमा अफगानिस्तानले दिएको १३० रनको लक्ष्य पछाएको जापानले १९.३ ओभरमा अल आउट हुँदै ८१ रन मात्र बनाएको थियो ।

यसअघि अफगानिस्तानले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो । 

जापानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । अफगानिस्तानले सुरुवातमा केही संयमित ब्याटिङ गरे पनि मोहम्मद अक्रम र करिम जनातको महत्त्वपूर्ण योगदानमा सम्मानजनक योगफल खडा गरेको थियो ।

यससँगै अफगानिस्तानले समूह ‘ए’ मा महत्त्वपूर्ण २ अङ्क जोडेको छ । समूहमा अफगानिस्तान, नेपाल र जापान रहेका छन् । अफगानिस्तानले अब अर्को खेलमा शुक्रवार नेपालसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्