Logo
Logo

ओलीद्वारा ९ मन्त्री थप, दुई बर्खास्त


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० पुस ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ८ मन्त्री र एक राज्यउमन्त्री नियुक्त गरेका छन् । एक मन्त्री र एक राज्यमन्त्रीलाई उनले बर्खास्त गरेका छन् ।


शुक्रबार टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, प्रेमबहादुर आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरी दावा लामा र जुलीकुमारी महतोले मन्त्री पदको सपथ लिएका छन् भने विमला विश्वकर्माले राज्यमन्त्रीको सपथ लिएकी छन् ।

मन्त्रिपरिषद विस्तारअघि प्रधानमन्त्रीले युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुगडलाई हटाएका छन् ।

प्रतिक्रिया दिनुहोस्