काठमाडौँ । नेपालमा महिला ई–स्पोर्ट्स खेलाडीहरूको प्रतिभा र क्षमता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘राष्ट्रिय महिला पब्जी मोबाइल च्याम्पियनसिप २०२६’ को फाइनल काठमाडौँको महाराजगञ्जस्थित शुभ इन्टरटेन्मेन्टमा भइरहेको छ । म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘पावरप्याक्ड’ ऊर्जासँगै प्रतियोगिताको अन्तिम चरणमा महिला खेलाडीहरूको जोश, उत्साह र प्रतिस्पर्धा थप रोमाञ्चक बनेको छ।

कुल २४ महिला टोलीको सहभागिता रहेको यस प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्दै १६ टोली फाइनलमा प्रवेश गरेका हुन्। अहिले यी १६ टोलीबीच उपाधिका लागि कडा प्रतिस्पर्धा भइरहेको छ। यस प्रतियोगिताको कुल पुरस्कार राशि १,००० अमेरिकी डलर रहेको छ।
महिला ई–स्पोर्ट्सको विकास, नयाँ प्रतिभाको पहिचान र उनीहरूलाई राष्ट्रियस्तरको प्रतिस्पर्धात्मक मञ्च प्रदान गर्ने लक्ष्यका साथ यो च्याम्पियनसिप आयोजना गरिएको हो। यसले महिला खेलाडीहरूको सम्भावनालाई थप उजागर गर्ने विश्वास लिइएको छ। म्याक्स टाइगरको पावरप्याक्ड ऊर्जाले फाइनलको माहोललाई अझ ऊर्जावान् र उत्साहजनक बनाएको छ।














