Logo
Logo

संसद विघटनविरुद्ध नेकपा प्रचण्ड-माधव पक्षको सबै जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला


- दृष्टि न्युज/संवाददाता

252
Shares

File Photo

काठमाडौं, १२ पुस । संसद विघटनविरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको नेकपा प्रचण्ड–माधव समूहले आज देशका सबै जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत गत आइतबार असंवैधानिक ढंगले संसद संसद विघटन गरेका थिए । त्यसविरुद्ध नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समुहले १० गतेबाट पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
प्रचण्ड–नेपाल पक्षले संसद विघटनलाई असंवैधानकि, अलोकतान्त्रिक र प्रतिगामी कदम भनेको छ । संसद विघटनको विरुद्धमा पुस १० गते पार्टीका केन्द्रीय सदस्य र सांसदहरु माइतीघरमा भेला भएर प्रदर्शन गरेका थिए । सोही दिन निर्वाचन आयोग पुगेर हस्ताक्षरसमेत बुझाएका थिए ।
पहिलो चरणको संघर्षका कार्यक्रम सम्पन्न गर्न नेकपाले सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५ सय २१ सदस्यीय केन्द्रीय संघर्ष समिति गठन गरेको छ । संसद विघटनका विरुद्धमा सर्वोच्च अदालतमा समेत एक दर्जन बढी रिट परेका छन् । जसको बुधबारबाट संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्