Logo
Logo

निर्माण व्यवसायी महासघका अध्यक्षमाथि भ्रष्टाचार मुद्दा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ पुस । 

लालबकैया नदी नियन्त्रण आयोजनामा तीन करोड रुपैयाँ भन्दा धेरै अनियमितता गरेको आरोपमा नेपाल निर्मा(ा व्यवसायी महासंघका अध्यक्ष रवि सिह लगायतविरुद्ध भ्रष्टाचा। मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना प्रमुख तथा ठेकदारविरुद्ध सोमबार बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोजना प्रमुख राजकुमार श्रीवास्तव, इन्जिनियर पाण्डव प्रसाद देव, महादेव खिम्ती निर्माण सेवा प्रा.लिका मेनेजिङ्ग डाइरेक्टर रवि सिंह र महादेव खिम्ती र मैनाचुली जे.भी. का साझेदार मैनाचुली निर्माण सेवा प्रा.लि.का मेनेजिङ्ग डाइरेक्टर मदन कुमार अधिकारी तथा महादेव खिम्तीरमैनाचुली जे.भी.का आधिकारिक प्रतिनिधि सन्तोष प्रधान (शाही) विरुद्ध आयोगले सोमबार बिशेष अदालतमा मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएका निर्मार्ण व्यवसायी रवि सिंह नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष हुन् भने मदन अधिकारी महासंघका सल्लाहकार हुन् । अध्यक्षमाथि नै भ्रष्टाचार मुद्दा परेपनि सो पदमा बस्न समेत उनलाई नैतिक रुपमा समस्या भएको छ ।

आयोजनाको स्डड निर्माणमा प्रयोग कम गुणस्तरको तार प्रयोग गरिएको अनियमिता भएको आयोगले जनाएको छ । रनिङ्ग बिलदेखि सातौं रनिङ बिलसम्मका सातवटा बिलहरुको भुक्तानी गर्दा कुनै परीक्षण नै नगरी स्टड निर्माणमा प्रयोग भएको गुणस्तरहीन ग्यावियन तारलाई स्वीकृत स्पेशिफिकेशन बमोजिम गुणस्तरयुक्त भएको भनि प्रतिवेदन दिएर भुक्तानी दिइएको थियो । इन्जिनियर पाण्डव प्रसाद देवले सिफारिस गरेको तथा आयोजना प्रमुख राजकुमार श्रीवास्तवले बील स्वीकृत गरी भुक्तानी दिएको आयोगले जनाएको छ ।

आयोजनामा तीन करोड ६५ लाख नौ हजार चार सय ६५ रुपैयाँ अनियमितता गरेको आयोगले जनाएको छ । महादेव खिम्ती र मैनाचुली जे.भी.का आधिकारिक प्रतिनिधि सन्तोष प्रधान (शाही) ले भुक्तानी लिएकाले उनलाई पनि प्रतिवादी बनाइएको आयोगले जनाएको छ । सबैलाई तीन करोड ६५ लाख नौ हजार चार सय ६५ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्