
काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको सुदूरपश्चिम प्रदेशका कार्यकर्ताको भेला तथा प्रशिक्षण कार्की ब्यांक्वेट बबरमहलमा आज हुँदैछ। ओली समूहको कार्यकर्ता राखेको भेलामा प्रधानमन्त्री पनि उपस्थित हुने भएका छन्
यसअघि उक्त ब्यांक्वेटमा नेकपा प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक बसेको थियो । उक्त बैठकले ओलीलाई अध्यक्षबाट हटाउने र संसद विघटनविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको थियो । आज सोही ब्यांक्वेटमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले आफ्ना पक्षका कार्यकर्तालाई सम्बोधन गर्दैछन् ।














