Logo
Logo

विश्वकप लिग-२ अन्तर्गत नेपालले आज ओमानविरुद्ध खेल्दै


0
Shares

काठमाडौं । नेपालले जारी आइसीसी पुरुष क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको सिरिज अन्तर्गत आज ओमानविरुद्ध खेल्दै छ । ओमानको अल अमेरात स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ११:४५ बजेदेखि सुरु हुदैछ । सिरिजको पहिलो खेलमा ओमानले क्यानडालाई पराजित गरेको थियो भने नेपालले क्यानडालाई पराजित गरेको थियो । 

The current image has no alternative text. The file name is: nepal-cricket.jpg

नेपालले सिरिजको पहिलो खेलमा जित हासिल गरेर सिरिजमा राम्रो सुरुवात गरेको छ । विश्वकप लिग-२ को शीर्ष चारमा परेर विश्वकप छनौटको ग्लोबल क्वालिफायरमा सिधै छनौट हुने सम्भावना सकिए पछि नेपाल अहिले एक दिवसीय मान्यता जोगाउने लडाइमा रहेको छ । यसका लागि नेपालले लिग-२ को अङ्कतालिकामा शीर्ष ६ भित्र रहनु पर्ने हुन्छ । लिग–२ मा पाँचौँ र छैटौँ स्थानमा रहने टोलीको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता स्वतः जोगिनेछ भने सातौँ र आठौँ स्थानमा रहने टोलीको मान्यता जोखिममा पर्नेछ ।

नेपाल अहिले ३३ खेलमा २६ अङ्कसहित छैटौँ स्थानमा रहेको छ ।   

क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टिम ओमान पठाएको छ । नेपाली टिममा सन्दीप लामिछाने (कप्तान), आसिफ सेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजबंशी, करण केसी, नन्दन यादव, साहब आलम र सन्दीप जोरा रहेका छन् । 

नेपालले अर्को खेल अक्टोबर १७ मा क्यानडासँग र अक्टोबर १९ मा ओमानसँग खेल्ने तालिका छन् ।

प्रतिक्रिया दिनुहोस्