Logo
Logo

लगातार छैटौं दिन बढ्यो सेयर बजार


0
Shares

काठमाडौं । बिहीबार लगातार छैटौं कारोबार दिन सेयर बजार बढेको छ । अघिल्लो दिन २१.३२ अंक बढेको बजार आज ४.५६ अंक बढेको हो । आजको वृद्धिपछि नेप्से २६२५ अंकमा कायम भएको छ ।

धेरै पछि आज बैंकिङ समूह ०.१६ प्रतिशत घटेको छ । फाइनान्स समूह सबैभन्दा धेरै १.०३ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक ०.३५, होटल तथा पर्यटन ०.२७, जलविद्युत् ०.६०, लगानी ०.७८, जीवन बीमा ०.१६, माइक्रोफाइनान्स ०.३८, निर्जीवन बीमा ०.५४ प्रतिशत बढे ।

घटेका समूहमा बैंकिङका अलवा अन्य ०.१९, व्यापार ०.५५, उत्पादन तथा प्रशोधन ०.०६ प्रतिशत घटे । आज कारोबार रकम केही बढेको छ । ४ अर्ब १३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ७० करोडको भयो ।

७१ कम्पनीको मूल्य बढ्दा ९१ को घटेको छ । १५ कम्पनीको मूल्य स्थिर रह्यो । हालै सूचीकृत भएको बेनी हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढ्यो । सो कम्पनीको मूल्य प्रतिकित्ता ३१३.९० रुपैयाँ पुगेको छ ।

हिमालयन एभरेस्ट इन्स्योरेन्सको ६.३५, मञ्जुश्री फाइनान्सको ४.४४, रिडी पावरको ३.७५, विन्ध्यबासिनी हाइड्रोपावरको ३.५८ तथा ग्रिन भेन्चर्सको ३.४५ प्रतिशत मूल्य बढ्यो ।

माथिल्लो मैलुङखोला जलविद्युत् कम्पनीको २.८३, कालंगा हाइड्रोपावरको २.७३ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा कुमारी बैंक, अपी पावर, घलेम्दी हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर, ग्रिन भेन्चर्स, ग्लोबल आईएमई बैंक, माउन्टेन इनर्जी नेपाल, मध्यभोटेकोशी जलविद्युत् कम्पनी, सानिमा बैंक क्रमशः अगाडि रहे ।

प्रतिक्रिया दिनुहोस्