काठमाडौं । क्यानडाले आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको खेलमा नेपाललाई २४ रनले पराजित गरेको छ ।क्यानडाले दिएको २५७ रनको लक्ष्य पछाएको नेपालले ४६ ओभरमा अल आउट हुँदै २३२ रन बनाएपछि खेल २४ रनले हारेको हो ।

नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ८७ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले २७, इशान पाण्डे र गुलशन झाले २१/२१ रन तथा आसिफ सेखले २०, रोहित पौडेलले १८ र करण केसीले १७ रन बनाएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको क्यानडाले ५० ओभरमा अल आउट हुँदै २५६ रन बनाएको थियो । क्यानडाका लागि युवराज समराले १०५ रनको सतकीय पारी खेलेका थिए । त्यस्तै एरोन जोन्सनले ३६, हर्ष ठाकुरले ३४ र कप्तान हम्जा तारिकले ३० रन बनाएका थिए ।
त्यस्तै नेपाली बलर ललित राजबंशीले ४ विकेट लिए भने सन्दीप लामिछानेले ३ विकेट लिएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले २ तथा रोहित पौडेलले एक विकेट लिएका थिए ।
यो हारपछि नेपालले अब ओमानविरुद्धको अन्तिम खेल जित्नै पर्ने दबाबमा परेको छ । यो जितपछि क्यानडाले लिग-२ मा ३६ खेलमा २९ अङ्क हासिल गरेको छ र छैटौँ स्थानमा उक्लिएको छ । त्यस्तै नेपालको ३५ खेलमा २८ अङ्क रहेको छ । अब नेपालले ओमानविरुद्ध मङ्गलवार खेल्ने तालिका रहेको छ ।














