Logo
Logo

वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने


0
Shares

काठमाडौं । वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।

The current image has no alternative text. The file name is: andra-russal.jpg

विराटनगरले सामाजिक सञ्जालमार्फत रसेललाई अनुबन्ध गरेको जानकारी गराएको हो । विश्वकपका दर्जन बढी लिग खेलिसकेका रसेलले वेष्ट इन्डिजबाट १४३ खेल खेलिसकेका छन् । उनले ८६ टी-२०आई खेलमा एक हजार १२२ रन र ६१ विकेट लिएका छन् ।

विश्व क्रिकेटमा आक्रामक ब्याटिङ र बलिङका लागि परिचित रसेलको आगमनले टोलीलाई थप बलियो बनाउने अपेक्षा विराटनगर किङ्सले गरेको छ । 

प्रतिक्रिया दिनुहोस्