Logo
Logo

नेपाल र भारत ‘ए’ बीचको श्रृंखलाका लागि नयाँ तालिका सार्वजनिक गरिने


0
Shares

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफका खेलहरु काठमाण्डौमा हुने भएपछि नेपाल र भारत ‘ए’ बीच आउँदो डिसेम्बर ९, ११ र १३ मा हुने भनिएको श्रृंखलाको नयाँ तालिका सार्वजनिक गरिने भएको छ ।

The current image has no alternative text. The file name is: nepal-beat-oman.png

नेपाल क्रिकेट संघले बीसीसीआईसँगको समन्वय र सहमतिमा नयाँ तालिका तय गरी सार्वजनिक गरिने जनाएको छ । डिसेम्बर ४ देखि २१ अर्थात् आउँदो मंसिर १८ देखि पुस ६ गतेसम्म काठमाण्डौमा विश्वकप छनोट प्लेअफका खेल हुने भएका छन् । प्रतियोगितामा आईसीसी क्रिकेट विश्वकप लिग–२ मा अन्तिम स्थानमा रहने चार टोली तथा च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई–दुई टोली गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यस प्रतियोगिताबाट शीर्ष चारमा रहने टोली सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा प्रवेश गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्