Logo
Logo

पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्धित


0
Shares

काठमाडौं । पाकिस्तानका ब्याटर तथा टी-२० टोलीका कप्तान साहिबजादा फरहान नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्समा अनुबन्धित भएका छन्।

३० वर्षीय दायाँहाते ब्याटर फरहानले पाकिस्तानका लागि ६ एकदिवसीय र ५१ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। टी–२० अन्तर्राष्ट्रियमा उनले दुई शतक र १३ अर्धशतकसहित १ हजार ५५४ रन बनाएका छन्। यस क्रममा उनको स्ट्राइक रेट १३९.४९ रहेको छ।

फरहानले समग्र टी–२० क्रिकेटमा १८६ खेल खेल्दै ५ हजार ७७५ रन बनाएका छन्। उनले यस प्रारूपमा नौ शतक र ३८ अर्धशतक प्रहार गरेका छन्। उनको उच्चतम स्कोर अविजित १६२ रन हो।

घरेलु क्रिकेटमा समेत अनुभव बटुलेका फरहानले प्रथम श्रेणी क्रिकेटका ६३ खेलमा ४ हजार ७९६ रन बनाएका छन्। लिस्ट ए क्रिकेटमा उनले ८१ खेलबाट ३ हजार १६५ रन जोडेका छन्।

कर्णाली याक्सले यसअघि पाकिस्तानकै हुसेन तलत तथा बंगलादेशका अक्बर अली र अरिफुल इस्लामलाई अनुबन्ध गरिसकेको छ ।

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्