Logo
Logo

एसिया कप राइजिङ स्टार्स कतारमा हुने, नेपाल समूह बी मा


0
Shares

काठमाडौं । एसिया कप राइजिङ स्टार्स पुरुष क्रिकेट प्रतियोगिता २०२६ आगामी नोभेम्बर १९ देखि कतारमा आयोजना हुने भएको छ । ५० ओभरको प्रारूपमा सञ्चालन हुने प्रतियोगितामा नेपालसहित आठ टोली सहभागी हुनेछन् । प्रतियोगिताको फाइनल नोभेम्बर २९ मा हुनेछ ।

The current image has no alternative text. The file name is: asia-cup.jpg

प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । यस समूहमा भारत ‘ए’, पाकिस्तान ‘ए’ र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूह ‘ए’ मा श्रीलङ्का ‘ए’, बङ्गलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ चीन रहेका छन् ।

नेपालले प्रतियोगितामा आफ्नो पहिलो खेल नोभेम्बर २० मा भारत ‘ए’सँग खेल्नेछ। उक्त खेल दोहास्थित वेस्ट इन्ड अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछ ।

नेपालले दोस्रो खेल नोभेम्बर २२ मा यूएईसँग खेल्नेछ । दोहा विज्ञान तथा प्रविधि विश्वविद्यालयको क्रिकेट मैदानमा हुने उक्त खेलपछि नेपालले नोभेम्बर २४ मा पाकिस्तान ‘ए’सँग प्रतिस्पर्धा गर्नेछ। पाकिस्तान ‘ए’सँगको खेल पनि सोही मैदानमा हुनेछ ।

नेपालले समूह चरणमा भारत ‘ए’, यूएई र पाकिस्तान ‘ए’सँग प्रतिस्पर्धा गर्नेछ । समूह चरणका खेलपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताको पहिलो सेमिफाइनल नोभेम्बर २६ र दोस्रो सेमिफाइनल नोभेम्बर २७ मा हुनेछ । फाइनल खेल नोभेम्बर २९ मा आयोजना हुनेछ

प्रतिक्रिया दिनुहोस्