Logo
Logo

म्याक्सवेलको टिमविरुद्ध आज बलिङ गर्दै सन्दीप लामिछाने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १८ पुस ।
नेपाली क्रिकेटर सन्दीप लामिछानेले आज अष्ट्रेलियाको बिग ब्यास लिग(बिबिएल)को पहिलो खेल खेल्दैछन् । यो वर्ष उनी बिबिएलमा होबर्ट हुरिकेन्ससँग आबद्ध भएका छन् ।


ढिलो गरी अष्ट्रेलिया पुगेका सन्दीप क्वारेन्टाइन अवधि पुरा गरी टिममा आबद्ध भएका छन् । होबर्टले आज मेलवर्न स्टारविरुद्ध खेल्दैछ । जसमा सन्दीप लामिछानेले खेल्ने पक्का भएको छ ।
मेलवर्न स्टार सन्दीपको पुरानो क्वल हो । ग्लेन म्याक्सवेल क्याप्टेन रहेको सो टिममा आबद्ध भएर सन्दीपले दुई वर्ष क्रिकेट खेलेका थिए । आज सोही टिमविरुद्ध उनले बलिङ गर्नेछन् ।
बिबिएको अंगतालिकामा होबर्ट तेस्रो स्थानमा छ । ६ खेल खेलेको उसले चार खेल जितेको थियो । त्यस्तै मेलवर्न स्टार पाँच खेलमा दुई खेल जितेर पाँचै स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्