Logo
Logo

पत्नीको उपचारका लागि प्रचण्ड आज भारत जाँदै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० पुस ।
पूर्व प्रधानमन्त्री तथा नेकपाका नेता पुष्पकमल दाहाल प्रचण्ड श्रीमती सीताको उपचारका लागि आज भारत जाने भएका छन् । सीताको स्वास्थ्यमा समस्या बढ्दै गएपछि उनी भारत जान लागेका हुन् ।


दिल्ली हुँदै उनी मुम्बई जाने प्रचण्डको सचिवालयले जनाएको छ । विगत तीन वर्षदेखि सीता बिरामी छिन् । केही दिनअघि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्