Logo
Logo

गोली बोकेर किन विमानस्थल पुगे पूर्व प्रहरीका छोरा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० पुस ।
काठमाडौंबाट भद्रपुर जान लागेका बद्रीहाङ राई सोमबार ५० राउण्ड गोलीसहित पक्राउ परे । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।


राई नेपाल प्रहरीका भूपू नायब निरीक्षकका छोरा हुन् । काठमाडौंस्थित घरमा रहेको गोली बुबाले लिएर आउन भनेपछि आफुले लैजान लागेको उनले प्रारम्भिक सोधपुछमा बताएका छन् । महानगरीय प्रहरी वृत्त गौशालाले राईलाई थुनामा राखी अनुसन्धान अघि बढाएको छ । प्रारम्भिक छानबिनमा सो गोली अवैध भएको खुलेको छ ।
विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेश बाँस्तोलका अनुसार बरामद भएका गोली ९ एमएमका छन् । राई आमासँग श्री एयरलाइन्सबाट झापा जाने क्रममा पक्राउ परेका हुन् । यो घटनामा उनका बुबा समेत पक्राउ पर्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्