भोजपुर । जिल्लाका विभिन्न ठाउँमा बुधवार अचानक असिना पानी परेपछि पाकेर भित्र्याउने तयारीमा रहेको धानबालीमा क्षति पुगेको छ । धान भित्र्याउने समयमा एक्कासि असिना पानी परेपछि किसान समस्यामा परेका हुन् ।

जिल्लाका विभिन्न स्थानमा परेको असिना पानीले धानबालीमा क्षति पुगेको छ । भोजपुर नगरपालिका–५ का स्थानीय किसान धनबहादुर थापाले असिना पानीले धानमा क्षति पुगेको बताए ।“हिजो एक्कासि असिना पानी प¥यो,” उनले भने, “पुनः दोहोरिने चिन्ता हामीमा बढेको छ । यही असिना पानी आएमा धानबालीमा ठूलो क्षति पुग्ने अवस्था छ ।” उनका अनुसार कतिपय किसानको धान काट्न बाँकी छ भने कतिपयले काटेर खेतमै सुकाइरहेका छन् ।
धान पाकेर खेतमा पहेँलपुर भएको अवस्थामा मौसममा आएको परिवर्तनले किसानलाई थप चिन्तित बनाएको छ । असिना पानी दोहोरिएमा पाकेको धान झर्ने, ढल्ने तथा काटेर सुकाइएको धानमासमेत क्षति पुग्ने जोखिम रहेको किसानको भनाइ छ ।


















