Logo
Logo

नेपाल एयरलाइन्समा मन्त्रीका भान्जालाई उन्मुक्ति, पावर नहुनेलाई कारबाही


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २१ पुस ।
नेपाल एयरलाइन्समा आफ्नालाई काखा र अरुलाई पाखाको रणनीति महाप्रबन्धक डिमप्रकाश पौडेलले लिएका छन् । उस्तै किमिसको गल्तीमा कसैलाई कारबाही त कसैलाई संरक्षण गरिएको छ ।


हाल अन्तर्राष्ट्रिय उडान गर्न पिसिआर रिपोर्ट अनिवार्य हुन्छ । तर गत १५ पुसमा मलेसियाबाट आएका एक युवकको पिसिआर पोजिटिभ भएपनि लापरबाहीका कारण नेपाल आउन दिइएको थियो ।
त्यही दिन भारतबाट चार जनालाई पिसिआर रिपोर्ट नै नभई नेपाल आउन दिइएको थियो ।

निगमले मलेसियामा कार्यरत कर्मचारीहरु नरेश कुमार श्रेष्ठ र युवराज आचार्यलाई भने त्यहाँबाट हटाउने तयारी गरेको छ । उनीहरुले भन्दा चरम लापरबाही गर्ने नयाँदिल्लीका म्यानेजर नारायण पौडेललाई भने कुनै कारबाही गरिएको छैन । किनकी पौडेल परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका भाञ्जा हुन् । कसैलाई सामान्य लापरबाहीमा पनि कारबाही गर्ने तर कसैलाई ठूलो गल्ती गर्दा पनि संरक्षण गर्ने प्रवृत्तीप्रति एयरलाइन्सका कर्मचारीहरु व्यवस्थापनसँग रुष्ट बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्