Logo
Logo

१८ जिल्लाका प्रहरी प्रमुख हेरफेरः घुसकाण्डका डिएसपीलाई म्याग्दीको जिम्मा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ पुस ।
प्रहरी प्रधान कार्यालयले मंगलबार ३० जना प्रहरी उपरीक्षक(एसपी) र ६९ जना प्रहरी नायब उपरीक्षक(डिएसपी)को सरुवा गर्दा १८ जिल्लाका प्रहरी प्रमुख हेरफेर भएका छन् । केही बदनामहरुलाई महत्वपूर्ण जिल्लाको जिम्मेवारी दिइएको छ ।

This undated image shows the building of Nepal Police Headquarters in Naxal, Kathmandu.

बौद्ध वृत्तमा हुँदा घुससहित रंगेहात पक्राउ परेका श्याम राईलाई म्याग्दी जिल्लाको प्रमुख बनाइएको छ । अदालतबाट सफाई पाएपछि उनको जागिर जोडिएको थियो । उनी प्रहरीमा भ्रष्ट आचरणका अधिकृतका रुपमा चिनिन्छन् ।

त्यस्तै, महाराजगञ्ज वृत्तबाट दुई महिनामै फालिएका डिएसपी भेषराज रिजाललाई दोलखाको जिम्मेवारी दिइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा सानुराम भट्टराईको सरुवा भएको छ । डिएसपी हुँदा उनी ओलीकै पिएसओ थिए । पर्सामा वेल बहादुर पाण्डे, मकवानपुरमा सोमेन्द्रसिंह राठौर, काभ्रेमा भूपेन्द्र खत्री, धनुषामा प्रकाश रानाभाटलाई पठाइएको छ ।
त्यस्तै, सिन्धुलीमा आभूषण तिमल्सिना, कञ्चनपुरमा उमा प्रसाद चर्तुेवेदी, बारामा दिपेन्द्र शाहीको सरुवा भएको छ । बाग्लुङमा काज सरुवा भएका लोकेन्द्र श्रेष्ठ, रौतहटका सिद्धिबिक्रम शाह, धादिङका महेन्द्र श्रेष्ठको सोही जिल्लामा दरबन्दी कायम गरिएको छ ।

त्यस्तै ६९ जना डिएसपीको सरुवामा पनि विभिन्न पहाडी तथा हिमाली १० जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।

आईजिपीको पिएसओ बसेका देवेन्द्र पाण्डेले रसुवामा अवसर पाएका छन् । आईजिपीको सचिवालयमा कार्यरत कवित कटवाललाई सोलुखुम्बु पठाइएको छ । जाजरकोटमा मधु कुमार थापा, मनाङमा सुवास खड्का, रामेछापमा नवराज ढुंगाना, ओखलढुंगामा गोविन्द काफ्लेलाई जिल्ला प्रहरी प्रमुखको रुपमा पठाइएको छ । धुव्र कुमार श्रेष्ठको पश्चिम रुकुम तथा पूर्वी रुकुममा गणेश श्रेष्ठको सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्