Logo
Logo

अमरेशकुमार सिंहको मेची-महाकाली पदयात्राको उद्घाटन रवि लामिछानेले गर्ने


0
Shares

काठमाडौं । सर्लाही क्षेत्र नम्बर–४ का सङ्घीय सांसद डा। अमरेशकुमार सिंहले सञ्चालन गर्न लागेको मेची–महाकाली पदयात्राको उद्घाटन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गर्ने भएका छन् ।

The current image has no alternative text. The file name is: amresh.jpg

पदयात्राको उद्घाटन आज बिहानजनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरबाट हुने कार्यक्रम रहेको सांसद सिंहले जानकारी दिएका छन् । पदयात्राको उद्घाटन समारोहमा सहभागी हुन सांसद सिंहले राष्ट्रिय स्वतन्त्र पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक, समर्थक तथा सञ्चारकर्मीहरूलाई समेत सांसद सिंहले निमन्त्रणा गरेका छन् ।

मेचीदेखि महाकालीसम्म सञ्चालन हुने यस पदयात्रालाई राजनीतिक तथा जनसम्पर्क अभियानका रूपमा समेत हेरिएको छ । सांसद डा.सिंहले सम्पूर्ण नेता, कार्यकर्ता, शुभचिन्तक तथा पत्रकार मित्रहरूलाई निर्धारित समयमै जानकी मन्दिरमा उपस्थित भई उद्घाटन समारोहलाई सफल बनाउन आग्रह गरेका छन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000