Logo
Logo

प्रहरी कार्यालयमै जुवाखाल, डिएसपीकै मिलेमतो ?


- दृष्टि न्युज/संवाददाता


सर्लाही, २२ पुस ।
जुवा फौजदारी अपराध हो । प्रहरीले जुवा खेल्नेहरुलाई २५ दिनसम्म थुनामा राखेर मुद्दा चलाउँछ ।


जुवाडेलाई कारबाही गर्ने प्रहरीहरु आफैं पनि यस्ता गतिविधिमा छन् । सर्लाहीको इलाका प्रहरी कार्यालय बरथहवामा दैनिक जसो जुवा खाल चल्ने गरेको छ । प्रहरीहरु बर्दीमै जुवा खेल्दछन् ।
कार्यालयभित्र जुवा खेलिरहेको भिडियो हालै सार्वजनिक भएको छ । तर, यस्तो लापरबाहीमा संलग्नलाई इप्रका बरथहवाका डिएसपी उद्धवसिंह भाटले कारबाही नगरी संरक्षण गरेकाले यसमा उनकै मिलेमतो रहेको आशंका अन्य प्रहरीले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्