
काठमाडौं, २२ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर संवैधानिक ‘कू’ गरेको आरोप लगाएका छन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन गरिएसँगै असन्तुष्ट बनेका नेकपा प्रचण्ड–नेपाल समूह विभाजित भई सडकमा उत्रिएका छन् । नेकपा विभाजित भएसँ“गै अध्यक्ष चयन भएका नेता नेपालले लामो अभ्यासलाई ध्यानमा राखेर बनेको संविधानको मूल्य मान्यता कुल्चिएर र मर्मलाई समाप्त पार्दै प्रधानमन्त्री ओलीले संवैधानिक ‘कू’ गरेको आरोप लगाएका छ ।
बुधबार राजधानीमा आयोजित राजनीतिक पार्टीको अन्तरक्र्रियाका उनले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले भने, ‘संविधान नेपाली जनताको त्याग र बलिदानबाट बनेको हो । हामीले संवैधानिक अभ्यासलाई ध्यानमा राखेर संविधानमा प्रवधान तय गरेका थियौ“ । संविधानको मूल्य मान्यतालाई कुल्चिएर, संविधानको मर्म समाप्त पार्ने अर्को भाषामा भन्न सकिन्छ संवैधानिक ‘कू’ गरेर उहाँले आफ्नो अधिनायकवादी शैली देखाउनुभएको छ ।’ उनले प्रतिनिधिसभा विघटनलाई प्रधानमन्त्रीको ‘निरंकुश शैली’ बताए । उनले प्रधानमन्त्री ओलीले पार्टी विधानलाई तोडेकोसमेत आरोप लगाएका छ । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको कदमले संविधानसँगै सबै राजनीतिक दलको भावनामाथि प्रहार भएको बताउँ“दै नेपालले भने, ‘ओलीको यो कदम स्वेच्छाचारी भएको छ ।’ बुधबार नेकपा प्रचण्ड–नेपाल समूहले काठमाडौंको नयाँ बानेश्वरमा गरेको अन्तरक्रियामा भने, ‘विघटित प्रतिनिधिसभा पुनैस्थाजना नभएसम्म सडकबाट खबरदारी गर्नेछौँ ।’











