Logo
Logo

भन्सारका अधिकृत र कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर


0
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयअन्तर्गत वैदेशिक हुलाक शाखाका भन्सार अधिकृत इन्द्र न्यौपाने र कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कुरियर कम्पनीमार्फत विदेशमा विभिन्न सामान पठाउँदा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको टोलीले दुवै जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका क्रममा न्यौपाने र पुडासैनीले सेवाग्राहीको सामान वैदेशिक हुलाक शाखामार्फत विदेश पठाउने क्रममा विभिन्न बहाना बनाई बार्गेनिङ गरेर नौ हजार पाँच सय रुपैयाँ लिएको अनुसन्धानबाट पुष्टि भएको अख्तियारले जनाएको छ ।

आयोगले प्रतिवादी दुवै जनाविरुद्ध नौ हजार पाँच सय रुपैयाँ बिगो कायम गरी ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र सोही दफाअनुसार बिगोबराबर जरिवाना सजायको मागदाबीसहित आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000