Logo
Logo

भक्तपुरको होल्डिङ सेन्टरमा बसेका सुकुमबासीलाई मंसिर ११ भित्र खाली प्रशासनको सूचना


0
Shares

भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा रहेको होल्डिङ सेन्टर खाली गर्न सूचित गरेको छ । प्रशासनले एक सूचना जारी गर्दै आगामी मंसिर ११ गते (२०८३/०८/११) दिउँसो २:०० (१४:००) बजेभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको हो ।

काठमाडौं उपत्यकाका नदी किनारका जोखिमयुक्त बस्तीबाट विस्थापित भई उक्त होल्डिङ सेन्टरमा बस्दै आएका परिवारहरूको हकमा भूमि समस्या समाधान समिति, काठमाडौंको च.नं. ५४८ (मिति २०८३/०८/०९) को पत्रअनुसार प्रशासनले यो कदम चालेको हो ।

सूचनामा उल्लेख भएअनुसार भूमि व्यवस्थापन तथा अभिलेख विभाग र स्थानीय पालिकाबाट प्राप्त विवरण जाँच गर्दा होल्डिङ सेन्टरमा रहेका घरमूली वा निजका परिवारका सदस्यहरूमध्ये ७ परिवारको नाममा जग्गा रहेको देखिएको छ । भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५२क र ५२ख अनुसार ती ७ परिवार भूमिहीन नठहरिने प्रशासनले जनाएको छ ।

यसैगरी, जग्गा नदेखिएका अन्य १२ परिवारको हकमा सम्बन्धित पालिकामा जग्गा उपलब्ध गराउने प्रयोजनका लागि कारबाही अगाडि बढी निस्सा समेत प्राप्त भइसकेको सूचनामा उल्लेख छ ।

प्रशासनले प्राप्त निस्सा बुझिलिन र होल्डिङ सेन्टरमा रहेका भूमिहीन नठहरिने भएका तथा जग्गा देखिएका सम्पूर्ण व्यक्तिहरूलाई तोकिएको मिति र समयभित्रै सेन्टर खाली गर्न सूचित गरेको छ ।

साथै, जग्गा नदेखिएका परिवारहरूको हकमा नेपाल सरकारले घरभाडा स्वरूप तोकिदिएको सुविधा समेत बुझिलिन जिल्ला प्रशासन कार्यालय भक्तपुरले अनुरोध गरेको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000